सवारी दुर्घटनामा मृत्यु


कपीलबस्तु , ०६ फागुन
    शिबराज नगरपालिका–३ खैरेन्द्रपुर स्थित महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको लु २१ प ९३५८ नंबरको मोटरसाइकल बिहीबार अनियन्त्रित भई दुर्घटना हुँदा चालक अर्घाखाँची खिदिम पोखरा–९ बस्ने २३ बर्षीय प्रकाश सुनार र मोटरसाइकल पछाडी सवार १९ बर्षीय महेश सुनार गम्भिर घाईते भई उपचारार्थ सञ्जिबनी अस्पताल चन्द्रौटामा लगिएकोमा उपचारको क्रममा महेश सुनारको मृत्यु भएको छ ।     
    यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।