आगलागीबाट धनमाल क्षती


काठमाडौ , ०६ फागुन
    पाल्पा : मित्याल–७ बस्ने हर्क बहादुर घर्तीले बारीको झाडिमा आगो लगाउने क्रममा हावाले आगो उडाई निजको खरले छाएको २ तले कच्ची घर र गोठमा बिहीबार आगलागी हुँदा करीब ४ लाख रुपैया बराबरको धनमाल क्षती भएको छ ।
    बारा : कलैया नगरपालिका–५ मोतिबाग स्थित हिरा गोसाइको घरमा बिहीबार खाना पकाउने क्रममा ग्याँस लिक भई ग्याँस सिलिन्डर पड्किन गई आगलागी हुँदा करीब १० लाख ५० हजार रुपैया बराबरको धनमाल क्षती भएको छ ।
    बारा : लिपनीमाल–९ बस्ने ४० बर्षीय संशोदिन मिया धोबीको फुसको छाप्रो घुम्ती होटलमा बिहीबार अचानक आगलागी हुँदा करीब २ लाख ५० हजार रुपैया बराबरको धनमाल क्षती भएको छ ।
    सिराहा : कचनारी–६ बस्ने मानविर यादवको गोठ घरमा आगो ताप्न बालेको घुरबाट बिहीबार अचानक आगो सल्कन गई सोही स्थान बस्ने रजुई यादव, मुनी लाल यादव, शिव कुमार यादव र घुरन यादवको घर गोठ पुर्णरुपमा जलि करीब ५ लाख रुपैया बराबरको धनमाल क्षती भएको छ ।
    स्थानीबासिन्दाको सहयोगमा आगलागी नियन्त्रण गर्नुका साथै यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।