धारिलो हतियार प्रहारबाट घाईते


तनहुँ, ०६ फागुन
    ब्यास नगरपालिका–१३ पोखरीभञ्याङ बस्ने २६ बर्षीय कृष्ण घर्ती धारिलो हतियार प्रहारबाट घाईते भएका छन्  ।
    ब्यास नगरपालिका–२ गणेशमान चोक स्थित सेतीमादी दोहोरी साँझमा बिहीबार मादक पदार्थ सेवन गरी झगडा हुदाँ अपरिचित व्यक्तहरुले उनलाई धारियो हतियार प्रहार गर्दा घाईते भएकाले उपचारार्थ  मणिपाल अस्पताल पोखरा लगिएको छ ।
    घटनामा संलग्न शंकास्पद ६ जनालाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।