लागू औषध चरेश सहित पक्राउ
काठमाडौ , ०६ फागुन
मकवानपुर पालुङ्ग–५ घर भएका २२ बर्षीय हरि बहादुर बुढा र काठमाडौ महानगरपालिका –२१ जैशीदेवल घर भएका ४० बर्षीय सुदर्शन रञ्जितलाई प्रहरीले लागू औषध चरेश २ किलो सहित बिहीबार पक्राउ गरेको छ ।
काठमाडौ महानगरपालिका–१७ ढल्कु स्थितबाट महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटीएको प्रहरी टोलीले उनीहरुलाई चेकजाँच गर्दा उक्त लागू औषध फेला पारी नियन्त्रणमा लिएको हो ।
यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।