सवारी दुर्घटनामा मृत्यु

काठमाडौ , ६ फागुन
    बालाजु गंगाहल स्थित सड्कमा शुक्रबार ना.५ ख ८४६५ नंबरको ट्रकले बा.७७ प ३२०८ नंबरको स्कुटरलाई ठक्कर दिँदा घाईते भएका स्कुटर चालक मकवानपुर मनहरी घर भएकी ३८ बर्षीया रिना कुमारी राईको उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
    साथै घाईते भएकी स्कुटर पछाडी सवार धादिङ्ग घर भएकी ३० बर्षीया सोनिया थापाको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालक फरार रहेकोमा प्रहरीले खोजतलास गरिरहेको छ ।
    यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।