आगलागीबाट धनमाल क्षती


काठमाडौ, ६ फागुन
    ललितपुर : बज्रबाराही नगरपालिका–१४ लेले स्थित दिपक नगरकोटीको घर अगाडी पार्किङ गरि राखेको बा. ३ क २७७८ नंबरको मिनी ट्रकको व्याट्री सर्ट भई शुक्रबार आगलागी हुँदा उक्त गाडी जली पुर्णरूपमा क्षती भएको छ ।
    सुनसरी : अमडुवा–५ स्थित जुमन मियाको घरमा रहेको मोबाईल पसल र किराना पसलमा बिद्युत लाईन सर्ट भई शुक्रबार आगलागी हुँदा  करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको छ ।
    स्थानीयबासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।