भरुवा बन्दुक सहित पक्राउ


तनहुँ , ६ फागुन
    शुक्ला गण्डकी नगरपालिका–१६ सिम्ले बस्ने ५३ बर्षीय चेत बहादुर भुजेललाई शिशाको छर्रा लोड गरेको भरुवा बन्दुक सहित प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
    उनलाई सोही स्थान स्थित सामुदायिक जंगलतर्फ भरुवा बन्दुक बोकी हिडी रहेको अवस्थामा प्रहरीले फेला पारी नियन्त्रणमा लिएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।