सवारी दुर्घटनामा मृत्यु

सप्तरी, ७ चैत
    कन्चनरुप–७ रुपनगर चोक स्थित महेन्द्र राजमार्गमा बाटो काटने क्रममा  ना.१ क ५२०० नम्बरको कन्टेनर ट्रकको ठक्करबाट गम्भीर घाईते भएकी भारदह–२ बस्ने १६ वर्षीय नितु ठाकुरलाई उपचारको लागि सगरमाथा अंचल अस्पताल राजविराजमा लैजाने क्रममा सोमबार बाटोमै मृत्यु भएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।