सुन सहित पक्राउ

काठमाडौं, ७ चैत    
    शंकास्पद २ सय ग्रामका ४ वटा सुनका वाला सहित त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा दोलखा घर भएका २३ वर्षीय सोमबहादुर तामाङ, धनकुटा मुडेभास–४ घर भएका २८ वर्षीय एक्मा भिम लिम्बु र मोरङ केरावारी–८ का २३ वर्षीय हर्कबहादुर लिम्बु रहेका छन् ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।