सवारी दुर्घटनामा मृत्यु

कपिलबस्तु, ७ चैत
    बुद्धबाटिका नगरपालिका–५ तौलिहवा–गोरुसिंगे सडक खण्डमा बा.५ च ६८०२ नम्बरको कार सोमबार आफै अनियन्त्रित भई रुखमा ठोक्किन जाँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका कार चालक बुद्धबाटिका–४ बस्ने ४२ वर्षीय प्रमोदराज शर्माको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ । कारमा सवार बुद्धबाटिका–२ बस्ने ३६ वषीय कृष्ण गुप्ता घाइते भएकोले सोही अस्पतालमा उपचार भइरहेको छ ।
    दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्धार कार्य तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।