धनमाल लुटपाट

काठमाडौं, ५ जेठ
    चितवन : भरतपुर महानगरपालिका–२५ शुक्रनगर बस्ने ५५ वर्षीया साहुनी महतोको घरमा बिहिबार राती मुखमा मास्क लगाई आएका करीब २८ बर्षीय हिन्दी÷नेपाली बोल्ने अपरिचित ३ जना व्यक्तिहरुले घर भित्र प्रवेश गरी साहुनी परिवारका सदस्यहरुलाई खुकुरी र रड प्रहार गरी गम्भीर घाईते बनाई उनीहरुले लगाएको सुनका गहना करीब ८ तोला र नगद २ लाख रुपैयाँ लुटेर फरार भएका छन् । घाईतेहरुलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ ।
    बारा : सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने मोहनप्रसाद यादवको घरमा शुक्रबार करीब ७÷८ जनाको अपरिचित समुहले छतबाट प्रवेश गरी गोली पड्काई घरमा रहेको नगद ८८ हजार रुपैयाँ लुटेर फरार भएका छन् ।
    यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।