ईट्टा प्रहार गरी हत्या

रुपन्देही     , ५ जेठ
    तिलोत्तमा नगरपालिका–११ कटानी स्थित निर्माणाधिन घरमा काम गरिरहेका सोही ठाउँ बस्ने ४५ वर्षीय तिलबहादुर थापालाई उनकै सहोदर भाई सोही ठाउँ बस्ने ३६ वर्षीय श्यामबहादुर थापाले जग्गाको बिषयमा विवाद भएका कारण ईट्टाले टाउकोमा प्रहार गरी गम्भीर घाईते बनाएकाले उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लैजाने क्रममा बिहिबार बाटोमै मृत्यु भएको छ ।
     फरार श्यामबहादुरको प्रहरीले खोजतलास गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।