सुन सहित पक्राउ

काठमाडौं, ५ जेठ
    त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियामा यात्रुहरुसँग सुन संकलन गरीरहेको अवस्थामा झापा शिवसतासी–३ की २५ वर्षीया बिनु लिम्बु र धनुषा, जनकपुर उपमहानगरपालिका–१४ का ४८ वर्षीय प्रभुप्रसाद चौधरीलाई करीब १÷१ सय ग्राम सुन सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।