छुरा प्रहारबाट घाईते, अभियुक्त पक्राउ

काठमाडौं, ५ जेठ    
    काठमाडौं स्युचाटार बस्ने काभ्रे भिमखोरीकी १७ वर्षीय सबिन आले मगरलाई काठमाडौं महानगरपालिका–१३ बाफलमा छुरा प्रहार गरी गम्भीर घाईते बनाएको अभियोगमा सुनसरी थसन गाबिस घर भई रबिभवन बस्ने १८ वर्षीय मन्दिप दाहाल र नुवाकोट देउराली–४ घर भई काठमाडौ महानगरपालिका–१४ सुनारगांउ बस्ने १६ वर्षीय निराजन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
    घाइतेलाई उपचारको लागि सहिद मेमोरियल अस्पताल कलंकी पठाउनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेएको छ ।