किर्ते कागजपत्र बनाउने पक्राउ

काठमाडौं, ५ जेठ
    गुल्मी घर भई हाल भक्तपुर नगरपालिका–७ नगदेश डेरा गरी बस्ने ३६ वर्षीय अशोक अधिकारीलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा किर्ते कागजात सहित अपराध शाखा ललितपुरबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको छ ।  अधिकारी नक्कली लाईसेन्स तथा नागरिकता बनाउने कार्यमा संलग्न रहेको खुल्न आएको छ ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।