लागू औषध सहित पक्राउ

काठमाडौं, ५ जेठ
    मकवानपुर : पर्सा मधुबन मथवल–४ बस्ने ६० वर्षीय शंकर पञ्जियारलाई लागू औषध गाँजा १० केजी सहित बिहिबार प्रहरीले पक्राउ गरेको छ । मनहरी गाउँपालिका–६ स्थित पुर्बपश्चिम लोकमार्गमा शंका लागि चेकजाँच गर्दा पञ्जियारले बोकेको जेब्रा झोलामा उक्त लागू औषध फेला परेको हो ।
    पर्सा : बिरगंज उपमहानगरपालिका–२१ परवानिपुर बस्ने १८ वर्षीय अजित सिंह, २१ वर्षीय साहिल हुसेन र छप्कैया–१ बस्ने २० वर्षीय संदिप साह तुराहालाई खैरो हिरोइन करीब १५ ग्राम सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई बिरगंज उपमहानगरपालिका–१६ रजत जयन्ती चोकमा लागू औषध नियन्त्रण ब्यूरो पर्साबाट खटिएको टोलीले प्रत्येकको साथबाट ५÷५ खैरो हिरोइन सहित पक्राउ गरेको हो ।     
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।