आगलागीमा परी मृत्यु


रुकुम, ५ जेठ
    बासीकोट गाँउपालिका–६ धप्लिङ बस्ने मानबहादुर कुसारीको गोठमा शुक्रबार आगलागी हुँदा सोही ठाउँ बस्ने लक्षीराम बुढाथोकीकी ५ वर्षीया छोरी डल्ली बुढाथोकी आगोले जलेर मृत्यु भएको छ ।
    आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।