ट्याक्टर दुर्घटनामा मृत्यु


कास्की, ५ जेठ
    अन्नपुर्ण गाउँपालिका–४ स्थित भदौरे सडकमा हाल नम्बर खुल्न नसकेको ट्याक्टर शुक्रबार अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १७ वर्षीय अजय गुरुङ र ५१ वर्षीय रामसिंह नेपालीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालक फरार रहेकोले प्रहरीले खोजतलास गर्नुका साथै यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।