अवैध लागू औषध सहित पक्राउ


काठमाडौं, ५ जेठ
    काठमाडौं बसुन्धारा बस्ने सप्तरी, तिलाठी कोइलाडी गाउँपालिका–५ की ४५ वर्षीया सितादेवी शर्मा र पर्सा, बिन्दबासिनी गाउँपालिका–३ का २५ वर्षीय रबिन्द्र उपाध्यायलाई नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय ७६ एम्पूल, बुप्रेनोर्फिन ३ सय ७६ एम्पूल र फेनारगन ३ सय ७६ एम्पूल गरी जम्मा १ हजार १ सय २८ एम्पूल तथा नाइट्रोजेपाम ट्याब्लेट १ सय ६५ पिस सहित काठमाडौं महानगरपालिका–१४ बल्खुबाट बिहिबार लागू औषध नियन्त्रण ब्यूरोको प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।