आगलागीबाट धनमाल क्षति

 धादिङ, साउन २ गते
    धुनिबेशी नगरपालिका–३ रमाईलोचौर बस्ने पुरुषोतम कंडेलको जस्तापाताको छाना भएको घरमा आइतबार ग्याँस सिलिण्डर पड्कन गई आगलागी हुँदा करीब १० लाख रुपैयाँ बरावरको धनमाल क्षति भएको छ । स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।