खोलाले बगाई बेपत्ता

काठमाडौं, साउन २ गते
    अछाम : कमलबजार नगरपालिका–६ हात्तीबाँध बस्ने अमर बहादुर शाहीको १८ वर्षीया छोरी रोशना शाही (मानसिक अवस्था ठीक नभएकी) लाई नेपालगंजबाट उपचार गराई घरतर्फ लैजाने क्रममा पंचदेवल विनायक नगरपालिका–४ वेलखेत स्थित पुलबाट कर्णाली नदिमा हामफाली आइतबार बेपत्ता भएकी छिन् ।
    दार्चुला : महाकाली नगरपालिका–९ सकार बस्ने किसान नगारीको १६ वर्षीय छोरा दिनेश नगारी र पदम नगारीको १५ वर्षीय छोरा किरण नगारीले आइतबार साईकल सिक्ने क्रममा किरण सडकबाट महाकाली नदीमा खसी डुबेर बेपत्ता भएका छन् । किरणको प्रहरीले खोजतलास गरिरहेको छ ।