डुबेर मृत्यु

काठमाडौं, साउन २ गते
    चितवन : भरतपुर महानगरपालिका–४ बि.के.पार्टी प्यालेश नजिक रहेको नहरमा सोही ठाउँ बस्ने रामबहादुर खड्काको १० वर्षीय छोरा रोनिश खड्का पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएकाले उपचारको लागि चितवन मेडिकल कलेज भरतपुरतर्फ ल्याउँदै गर्दा आइतबार बाटोमै मृत्यु भएको छ ।
    झापा : शिबसतासी नगरपालिका–७ लालपानी बस्ने २९ वर्षीय कमल फुयाँल लगायत ४ जनाले  शिबशतासी नगरपालिका–१० दोमुखा स्थित माइ नदि तर्ने क्रममा फुयाँललाई नदीले बगाएकाले खोजतलास गर्ने क्रममा आइतबार मृत फेला परेका छन् ।