मृत फेला

काठमाडौं, साउन २ गते
    तनहुँ : घिरिङ गाउँपालिका–४ डुम्रेस्वारामा सोही ठाउँ स्थित फुला बस्ने करीब ५४ वर्षीया कालीमाया रानाभाट आइतबार मृत फेला परेकी छिन् । घटनामा शंकास्पद घिरिङ गाउँपालीका–४ डुम्रेस्वारा बस्ने २० वर्षीय भिमबहादुर रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
    खोटाङ : केपिलासगढी गाउँपालिका–७ बस्ने ७७ वर्षीया छबिमाया राई शनिबार सुगुँरको चारो खोज्न भनि निस्की साझँ सम्म घर नआएकीले खोजतलास गर्ने क्रममा बिहिबारे गाउँ नजिक रहेको तेरखी खोलाको किनारमा आइतबार मृत फेला परेकी छिन् ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।