लागू औषध सहित पक्राउ

काठमाडौं, साउन २ गते                                                                                                                                         
    काठमाडौं : धादिङ खनियाबास गाउँपालिका–४ बस्ने ३० वर्षीय कुमारसिंह तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ५ के.जी लागू औषध चरेश सहित शुक्रबार  प्रहरीले पक्राउ गरेको छ ।
    नेपाल एयरलाईन्सको उडानबाट थाईल्यान्ड बैकंक जान लागेका तामाङलाई चेकजाँच गर्ने क्रममा सुटकेसको पिध भागमा फल्स बटम बनाई लुकाईछिपाई राखेको उक्त लागू औषध फेला परेको हो । तामाङको साथबाट १ थान राहदानी, हवाई टिकट ३ थान र ८ सय यु.एस. डलर समेत बरामद भएको छ ।
    अनुसन्धानको क्रममा तामाङलाई उक्त सुटकेस धादिङ खनियाबास–३ बस्ने रबिन गुरुङले दिएको खुल्न आएकोले गुरुङलाई काठमाडौं टोखा नगरपालिका–८ बानियाटार स्थित मेरिना रेष्टुरेन्ट अगाडिबाट प्रहरीले पक्राउ गरेको छ ।
    सुनसरी : धरान उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय जितेन गुरुङलाई लागू औषध लुपिजेसिक ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र एभिल ८ एम्पुल सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
    प्रहरीले जितेनको २० वर्षीया श्रीमती पुर्णिमा गुरुङलाई समेत नियन्त्रणमा लिई यस सम्बन्धमो थप अनुसन्धान गरिरहेको छ ।