करेन्ट लागेर मृत्यु

सिन्धुपाल्चोक, साउन २ गते
    नुबाकोट सिलिङ–१ बस्ने २४ बर्षीय अच्युत नेपालको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार मेलम्ची नगरपालीका–२ पाटी गाउँ स्थित सिन्धु खोलामा माछा मार्नको लागी तार बिछ्राई बिजुलीको पोलमा चढी करेन्ट जोडने क्रममा करेन्ट लागेर नेपालको घटनास्थलमै मृत्यु भएको थियो ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।