घाँटी काटेर मृत्यु भएको अवस्थामा फेला

कञ्चनपुर, २८ साउन
    भिमदत्त नगरपालिका–१८ स्थित बिज्ञान क्याम्पसमा बिएससी तेस्रो बर्षमा अध्ययनरत होस्टेलमा बस्ने २३ वर्षीय डम्बर जाग्री उनकै कोठामा घाँटी काटेर मृत्यु भएको अवस्थामा शनिबार फेला परेका छन् ।
    उक्त घटनाको जानकारी प्राप्त हुनासाथ खटि गएको प्रहरीले ३ जनालाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।