पसलबाट विभिन्न सामानहरु चोरी

पर्सा, २८ साउन
    बीरगंज महानगरपालिका–१४ स्थित गण्डक चोकमा खुद्रा पसल गरी बस्ने रामेश्वर पटेल र रमेश पाठकको पसलको बाहिरी ढोकाको नटबल्ट खोली २ वटा पसलको गरी करीव २ लाख ६२ हजार रुपैयाँ बराबरको सामानहरु गएराति चोरी भएको छ ।
    चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।