अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २८ साउन
    मकवानपुर : हेटौंडा उपमहानगरपालिका–१० बसपार्कमा सोही उपमहानगरपालिका–८ कमाने बस्ने १६ वर्षीय  साजन पराजुलीलाई अवैध लागूऔषध २० ट्याबलेट नाइट्रोभेट सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
    तनहुँ : बन्दीपुर गाउँपालिका–१ बेलभज्याङस्थित पृथ्वी राजमार्गमा ग.५ प ४३३७ नम्बरको मोटरसाइकलका चालक व्यास–२ दमौली बस्ने २९ वर्षीय गणेश अधिकारीलाई उनको साथमा रहेको फेनारागन ५ पिस, नुर्पिmन ५ थान, सिरिन्ज ३ थान सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।