चोरीका सामान सहित पक्राउ

काठमाडौं, २८ साउन
    काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने रामेछापको मन्थली नगरपालिका–६ का २९ वर्षीय प्रदीप थापाको कोठाबाट म्याक बुक एयर कम्पनीको ल्यापटप २ थान, लेनोभो कम्पनीको ल्यापटप १ थान लगायतका चोरीका धनमाल सहित निज थापा र काठमाडौं बबरमल बस्ने चन्द्रागिरी नगरपालिका–२ का २९ वर्षीय नरेन्द्र देउलालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।