महानगरीय प्रहरी प्रभाग नेपालटारको कार्यालय भवन उदघाटन तथा हस्तान्तरण सम्पन्न

काठमाडौं, २८ साउन
    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारीले महानगरीय प्रहरी प्रभाग नेपालटारको कार्यालय भवनको शनिबार आयोजित एक समारोहबीच उदघाटन गर्नुभयो । तारकेश्वर नगरपालिकाको ७, ८ र ९ वडाको केन्द्रमा पर्ने उक्त भवन स्थानिय समुदायको पहलमा २०७३ असोज १ गते प्रक्रिया सुरु गरी हाल पहिलो तल्लासम्म २६ लाख ४० हजार ३ सय ८० रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । साथै सोही अवसरमा उक्त भवन निर्माण समितिका अध्यक्ष काजीबहादुर खड्काले प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीलाई भवन हस्तान्तरण गर्नुभयो ।
    सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले भवन निर्माणमा विशेष योगदान पु¥याउने प्रहरी नायब उपरीक्षक विश्व अधिकारीलाई अभिनन्दन गर्नुको साथै भवन निर्माण कार्यमा आर्थिक तथा भौतिक सामाग्री लगायत सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्नुभयो ।
    प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले प्रहरी र नागरिकबीचको सम्बन्ध र सहकार्य व्यवहारमै लागू हुनुपर्ने चर्चा गर्दै जहाँ नागरिकले प्रहरीलाई सहयोग गर्छन् त्यहाँको सुरक्षा व्यवस्था उत्कृष्ट हुने बताउनुभयो । सुरक्षा संवेदनशिल स्थानमा विषेश प्राथमिकताकासाथ सुरक्षाका कार्यहरु अगाडि बढाइएको बताउँदै उहाँले अपराध, अपराधी र घटनास्थल सबै समाज हुने भएकाले समाजको प्रत्यक्ष सहयोग र समन्वय प्राप्त भएमा प्रहरीले उत्कृष्ट कार्य गर्ने उल्लेख गर्नुभयो । प्रहरी मेरो साथी कार्यक्रमको उद्देश्य अनुरुप भवन निर्माण नमुना कार्य सह्रानीय भएको उहाँले बताउनुभयो ।
    सो अवसरमा प्रहरी नायब महानिरीक्षक छविलाल जोशीले सामुदायिक सहयोगको यस्ता नमुना कार्यले प्रहरीलाई सुरक्षाको जिम्मेवारी पुरा गर्न थप उत्साहित बनाएको चर्चा गर्दै भवन निर्माण गरेर नागरिकहरुले आफ्नो जिम्मेवारी पुरा गरिसकेकाले अबको सुरक्षाको जिम्मेवारी प्रहरीले लिने बताउनुभयो ।
    सो अवसरमा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले सुरक्षा आधारभूत आवश्यकता भएकोले प्रहरीसँग सदैव सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
    भवन निर्माण समितिका अध्यक्ष काजीबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समितिका उपाध्यक्ष हिमबहादुर रोक्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने प्रहरी नायब उपरीक्षक सन्तोष लामाले धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रममा स्थानिय समाजसेवी, बुद्धीजिवी, सहयोगदाता, स्थानिय बासिन्दा र संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।