डुबानमा परेकाहरुलाई सुरक्षित स्थानमा सारिएको

 
काठमाडौं, २९ साउन
    कैलाली    : भजनी नगरपालिका–८ स्थित खैरा, कृष्णनगर, काडाढिक,सोनाफाटा, खल्ला, भ्रतनापुर, दैलेखि टोल, जनकपुर, बाहादुरपुर छछरुवामा अवरिल बर्षासंगै आएको बाढीले करीव १ हजार १ सय ५० घरधुरी  पूर्ण रुपमा डुवानमा परेको र भजनी नगरपालिका–२ स्थित घरुवा, कटकानपुर, पल्टुपुर, मोहनपुर गरी ३ सय ४७ घर धुरी समेत पूर्ण रुपमा डुवानमा परेका छन् भने सोही नगरपालिका–६ नवलपुर, थापापुर, बिस्नापुर, बसाहा, खोदाउपुरमका करीव १ हजार घरधुरी आंकिश रुपमा डुवानमा परेकाले प्रभावितहरुलाई सुरक्षित स्थान हुलाकी राजमार्ग र अग्लो स्थानमा सारिएको छ ।  
    झापा : दमक नगरपालिका–१० स्थित बेतिनी खोलामा आएको बाढीले नदी छेंउमा रहेका करीब २० वटा फुसको छानो भएको कच्ची घरहरु बाढीले बगाएको छ ।
    यसैगरी झापा गाउँपालिका ५,६ र ७ सनामती गाउँमा बिरिङ खोलामा आएको बाढीले बस्ती डुबानमा पर्दा करीब १२ सय घर डुबानमा परेका छन् ।
    मोरङ : जहदा गाँउपालिका–३ र ४ स्थित लोहान्द्र खोलामा आएको बाढी गाउँमा पस्दा करीब १ सय ५० घर डुबानमा परेकाले उक्त घरका मानिसहरु सोही ठाउँमा रहेको दुर्गा उच्च माध्यामिक बिद्यालय तथा आफन्तका घरमा गएका छन् । साथै सोही गाउँपालिका–७ महादेव कोल र भिमपुरमा सोही खोलाको बाढी पसी ४ सय घर डुबानमा परेकाले ५० घरका करीब २ सय ५० जनालाई सोही स्थानमा रहेको महेन्द्र माध्यामिक बिद्यालयमा राखिएको छ ।
    यसैगरी रंगेली नगरपालिका–५ बजारमा बक्राह खोलाको बाढी पसेर करीब २० घर डुबानमा परेकोले उक्त घरका मानिसहरुलाई सोही स्थानमा रहेको निचामारी प्राथमिक विद्यालयमा राखिएको छ ।    
    महोत्तरी : लोहारपट्टी गाउँपालिका–४ स्थित स्टेशन टोलमा १० वटा घर शनिबार डुबानमा परेका छन् । उक्त घरका मानिसहरुलाई प्रहरीले सुरक्षित स्थानमा ल्याएको छ ।