जीप बगाउँदा ६ जनाको मृत्यु


रौतहट, २९ साउन
     राजपुर गाउँपालिका–३ दमार चोकस्थित भित्री सडक खण्डमा बर्षाले कटान गरेको सडकमा बाढीले जीप बगाउदा ६ जनाको मृत्यु भएको छ ।
    लौकाहाबाट राजपुरतर्फ आउँदै गरेको बि.एच २६ ए वाई १९३९ नम्बरको भारतीय प्लेटको जिप बगाउँदा जिपमा सवार २ जना पुरुष, ३ जना महिला र १ जना बच्चाको मृत्यु भएको हो । जीप चालक  लौकहा–१ बस्ने शम्भु प्रसाद यादव र राजन प्रसाद यादव इलाका प्रहरी कार्यालय राजपुरको सम्पर्कमा आएका छन् ।