भरुवा बन्दुक सहित पक्राउ

वर्दीया, २९ साउन
    बढैयाताल गाउँपालिका–१ बस्ने रामबहादुर सुनारलाई प्रहरीले एकनाले भरुवा बन्दुक सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले शनिबार सुनारको घर तलासी गर्दा उक्त भरुवा बन्दुक बरामद भएको थियो ।
     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।