बाढी तथा पहिरोबाट क्षती


काठमाडौँ, २९ साउन
    सिन्धुली : हरिहरपुर गढी गाउँपालिका–७ स्थित क्यानखोलाको बाढीले काशिनाथ पौडेल सहित ५ जनाको घर,पसल बगाएर तथा पानी पसेर करीव ७ लाख ७० हजार रुपैयाँ बराबरको क्षती भएको छ ।
    यसैगरी सिन्धुली कमलामाई नगरपालिका–२ स्थित धनमाना बस्ने गुणराज श्रेष्ठको ढुङगा र सिमेन्टले बनेको जस्ताको छानो भएको एकतले घर बाढीले बगाउदा करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षती भएको छ ।
    ललितपुर : मांहाकाल गाउँपालिका–३ स्याङतान टोल बस्ने जय बहादुर स्याङतानको एकतले घर माथीबाट पहिरो आई पुरिदा पूर्णरुपमा क्षती भएको छ  भने सोही ठाउँ बस्ने राम बहादुर स्याङतानको गोठ भत्केर पूर्णरुपमा क्षति भएको छ । पहिरोमा रामबहादुर स्याङतान र दिपक स्याङतानको घर समेत पूर्ण जोखिममा रहेको छ ।
    रामेछाप : माकुण्ड गाउँपालिका–२ स्थित रोशीटावामा पहिरो जाँदा श्याम कार्की लगायत ३ जनाको घर जग्गा जोखिम पूर्ण अवस्थामा रहेको छ ।
    जोखिममा रहेका स्थानीयवासीलाई प्रहरीले सुरक्षीत स्थानमा सार्नुका साथै उद्धार कार्य गरिरहेको छ ।