बाढीले बगाई बेपत्ता


काठमाडौँ, २९ साउन
    पर्सा : पकाहामैनपुर गाउँपालिका–४ खेस्राहा स्थित आफन्तको घरमा आएका भारत बेतिया घर भएका ५५ बर्षीय रामस्वरुप माझि आइतबार अविरल बर्षाको कारण खेतमा आएको भेलले बगाई बेपत्ता भएका छन् ।
    सर्लाही : हरिपुर नगरपालिका–८ लखनदेवि खोलाको छेउमा छाप्रो बनाई बस्दै आएका ५५ बर्षीय भुकल कुँबर सुतिरहेको अवस्थामा गएराति लनखदेवि खोलाको पानीको बहावले बगाई बेपत्ता भएका छन् ।  
    स्थानीय प्रहरीले उनीहरुको खोजतलास गरिरहेको छ ।