खोलाले बगाएर मृत्यु


काठमाडौँ, २९ साउन
    चितवन : ईच्छाकामना गाउँपालिका–३ बस्ने २५ बर्षीय कमल बहादुर प्रजाको खोलाले बगाएर मृत्यु भएको छ । आइतबार वराक खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।
    दाङ : घोराही उपमहानगरपालिका–१२ स्थित हापुर खोलामा आइतबार बगाई ल्याएको अवस्थामा नाम,थर,वतन खुल्न नसकेकी अंदाजी ३५ बर्षीया महिलाको शव फेला परेको छ ।
    रुकुम : सानोभेरी गाउँपालिका–९ खालखोला भन्ने स्थानमा नदीको बीच भागमा बगाई ल्याएको अवस्थामा शव फेला परेको छ । उक्त शव भएको स्थानमा पानीको बहावले जान सकिने अवस्था नरहेको बताइएको छ ।
    कालिकोट : नरहरी गाउँपालिका–९ बस्ने १६ बर्षीया सरिता सार्कीको खेतमा काम गरी घर फर्कने क्रममा शनिबार टिमु खोलाले वगाएर मृत्यु भएको छ ।
     मकवानपुर : हेटौडा उपमहानगरपालिका–१३ बस्ने २५ बर्षीय ज्ञान बहादुर हेम्जोको राप्ती खोलाले बगाएर मृत्यु भएको छ । उनलाई आइतबार खोलाले बगाई बेपत्ता बनाएपछि  खोजतलास गर्दा सोही उपमहानगरपालिका–११ नवलपुरको झोलुङगे पुल नजिक मृत अवस्थामा फेला पारिएको थियो ।