आगलागीबाट धनमाल क्षति

मोरङ, २८ भदौ
    रंगेली नगरपालिका–१ बिसाल टोल बस्ने पुष्पराज बस्नेतको गोठमा लामखुट्टे धपाउन बालेको आगोबाट बुधबार आगलागी हुँदा करीब २ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।