छतबाट खसेर मृत्यु

पर्सा, २८ भदौ
    सखुवाप्रसौनी गाउँपालिका–९ नौतन बस्ने ममताज अवारीको ४ वर्षीय छोरा गोलु हवारी खेल्ने क्रममा घरको छतबाट लडेर गम्भीर घाईते भएकाले गण्डक हेल्थ केयर हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेज बीरगंज लैजाने क्रममा बुधबार बाटोमै मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।