बाघको छालासहित पक्राउ

काठमाडौं, २८ भदौ
    कैलालीको बलिया–५ बस्ने सुर्खेतको चिसापानी–५ का ६३ वर्षीय प्रेमबहादुर शाहीलाई १ थान बाघको छाला सहित बुढानिलकण्ठ नगरपालिका–८ गणेश चोकबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको प्रहरीले बुधबार पक्राउ गरेको छ ।
    वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धानका लागि सो व्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई संरक्षित वन्यजन्तु बाघको छाला सहित पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको ब्यूरोले जनाएको छ ।