सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, १० असोज
     उदयपुर : बेलका नगरपालिका–५ घुम्नी बस्ने ७ बर्षीया आदसी सदाको मोटरसाइकलको ठक्करबाट सोमबार मृत्यु भएको छ । सोही ठाउँस्थित सडकमा हाल अल्फाबेट नखुलेको ३८०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाईते भएकी उनको धरान घोपा अस्पताल हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । चालक मोटरसाइकल सहित फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ ।

    सप्तरी : सुरुङगा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा बा.२४ प २७४४ नम्बरको मोटरसाइकल र स.६ प २३९५ नम्बरको स्कुटर सोमबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँस्थित रामपुर जमुहा बस्ने ६५ वर्षीय कारी चौधरीको सप्तऋषी अस्पताल लहान सिराहामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक उदयपुर त्रियुगा नगरपालिका–१३ बस्ने २९ वर्षीया उर्मिला कट्वाल र स्कुटरमा सवार खोटाङ माक्तिम–१ बस्ने ३२ वर्षीया कबिता चौहान घाईते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
    सुनसरी : ईनरुवा नगरपालिका–६ घोपाली टोलस्थित पूर्वपश्चिम राजमार्गमा ना.५ ख ४८७ नम्बरको बसले हाल नाम, थर, वतन नखुलेकी करीब ४५ बर्षीया महिलालाई ठक्कर दिंदा गम्भीर घाईते भएकोमा उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।    
    धादिङ : थाक्रे गाउँपालिका–४ स्थित सडकमा ना.५ त ६९१९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा थाक्रे गाउँपालिका–४ बस्ने २५ वर्षीय प्रदिप मगर गम्भीर घाईते भएकाले उपचारको लागि ट्रमा सेन्टर काठमाडौ पठाइएकोमा प्रदिप मगरको बाटोमै मृत्यु भएको छ । ट्याक्टर चालक सोही ठाउँ बस्ने २६ वर्षीय बिदुर अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    सप्तरी : सुरुङ्गा नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा हाल नम्बर नखुलेको सवारी साधनले नाम, थर, वतन नखुलेका करीब ५० वर्षीय पुरुषलाई ठक्कर दिँदा मंगलबार घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
    मोरङ : बेलबारी नगरपालिका–११ स्थित महेन्द्र राजमार्गको लक्ष्मी मार्ग पुलमा को.२१ प ४२१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दुर्घटना हुदा मोटरसाइकल पछाडि सवार उदयपुर त्रियुगा नगरपालिका–३ बस्ने ३९ वर्षीय अशोक राई गम्भीर घाइते भएकोले धरान घोपा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक सनम तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।
    दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।