पटका बरामद

काठमाडौँ, २६ असोज
    नवलपरासी : इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले बुधबार कावासोती नगरपालिका–८ फलपूmल चेक स्थित महेन्द्रराजमार्गको छेउबाट बेवारिसे अवस्थामा कार्टुनमा प्याक गरेको करीब ३० हजार रुपैयाँ बराबरको विभिन्न पटकाहरु बरामद गरेको छ ।
    काठमाडौँ : बुढानिलकण्ठ नगरपालिका–१० कपन बालुवाचोक स्थित रुपेश भण्डारीले संचालन गरेको मनकामना स्टेशनरी एण्ड गिप्mट पसलबाट प्रहरीले बुधबार रेकट बम पटका ४८ थान, खोर्सानी बम पटका १७ थान बरामद गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको छ ।