रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, २६ असोज
    ६२ औं प्रहरी दिवस २०७४ को अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंजमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
     उक्त रक्तदान कार्यक्रममा प्रहरी प्रधान कार्यालय एवं महानगरीय प्रहरी कार्यालय मातहतमा कार्यरत ९७ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।