बिष्फोटक पदार्थ सहित पक्राउ

सुर्खेत, कात्तिक १७ गते
    जाजरकोट नायकवाडा गाउँपालिका–२ बस्ने ३५ बर्षीय  दल बहादुर कामीलाई डेटोनेटर ७ थान, सेफ्टी फ्युज १ मिटर, नेपाली र भारतीय रुपैया गरी १ लाख ९ हजार, नक्कली चावी सहितको चाईनिज हतकडी १ थान, मोबाईल ४ थान, सोको चार्जर १ थान, चक्कु १ थान , हथौडा १ थान , ठुलो हँसिया १ थान ,बिद्युत स्विच २ थान, कम्ब्याट ड्रेस लगायतका सामान सहित प्रहरीले विहीबार पक्राउ गरेको छ ।
    गंगा नगरपालिका–१२ छिन्चु बजारमा शंकास्पद रुपमा हिंडिरहेका कामीलाई प्रहरीले उक्त सामान सहित पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।