अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २८ कात्तिक
    काठमाडौं महानगरपालिका–१७ ढल्कुमा लागू औषध कारोबार भइरहेको छ भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१५ डल्लु घर बताउने २८ वर्षीय अर्जुन प्रजापतीलाई उनको साथमा रहेको फेनारगन ५३ एम्पुल, मेथिन ५३ एम्पुल र डाइजेपाम ५३ एम्पुल सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
    पर्सा : बीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भारतको रक्सौलदेखि बीरगंजतर्फ आउँदै गरेका भक्तपुर उपमहानगरपालिका–१७ दुधपाटी बस्ने २५ वर्षीय अशोक थापा र सोही उपमहानगरपालिका–६ सूर्यबिनायक बस्ने २५ वर्षीय सुरज शाहीलाई लागूऔषध डाइजेपाम ५४ एम्पुल, फेनारगन ५५ एम्पुल र नुर्फिन ५२ एम्पुल सहित सोमबार पक्राउ गरेको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।