हातहतियार सहित पक्राउ

काठमाडौं, २८ कात्तिक
    काठमाडौं : ललितपुरको गोदावरी नगरपालिका–५ बस्ने सिन्धुपाल्चोकको चौतारा नगरपालिका–२ डाँडागाउँका ३५ बर्षीय धिरेन ओप्ठलाई कटुवा पेस्तोल १ थान, सो पेस्तोलमा लाग्ने एसएलआरको गोली १ थान र सटर फोड्ने रड २ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ गोर्कणमा प्रहरीले जाँच गर्नेक्रममा बा.८८ प ८२८४ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट उक्त हातहतियार बरामद गरी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
    बाँके : राप्ती सोनारी गाउँपालिका–७ घर बताउने ५८ बर्षीय धनबहादुर बिकलाई कटुवा पेस्तोल १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका–६ मा अवैध हतियारको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले बिकको साथबाट उक्त कटुवा पेस्तोल बरामद गरी उनलाई पक्राउ गरेको हो ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।