आगलागीबाट धनमाल क्षति

पाल्पा, २८ कात्तिक
    रैनादेबी छहरा गाउँपालिका–२ श्रदेवा बस्ने सिता पाण्डेको कच्ची घरमा भैसीलाई पानी तताउने क्रममा मंगलबार आगलागी हुँदा काठपात, भाँडाबर्तन, लत्ताकपडा जलेर करीव २ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    स्थानीयबासीको सहयोगमा उक्त आगो नियन्त्रणमा आएको छ ।