इनारमा डुबेर मृत्यु भएको अवस्थामा फेला

ललितपुर, २८ कात्तिक
    ललितपुर महानगरपालिका–१८ सिद्धिपार्कमा डेरा गरी बस्ने ६२ वर्षीय तेजनारायण श्रेष्ठ इनारमा डुवेर मृत्यु भएको अवस्थामा फेला परेका छन् । सोमबार घरबाट हिँडेका श्रेष्ठ घर फर्की नआएपछि खोजी गर्ने क्रममा सोही ठाउँस्थित इनारमा मंगलबार उनको शव फेला परको हो ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।