ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

नवलपरासी, २८ कात्तिक
    सुनवल नगरपालिका–२ श्वाठीस्थित सुनवल–परासी भित्री सडक खण्डमा बा.२ ख ४८९० नम्बरको ट्रिपरले मंगलबार ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री सोही ठाउँ बस्ने २१ वर्षीय भाव सुबेदीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।