विष्फोटक पदार्थ डिस्पोज गरिएको

कैलाली/मोरङ, १९ मंसिर
    कैलाली : घोडाघोडी नगरपालिका–१ सुखडस्थित पिपलको रुखमुनी सेतो कपडाले बेरेर स्टिलको डिब्बामा राखेको अवस्थामा मंगलबार फेला परेको बाल्टिन बम ईलाका प्रहरी कार्यालय सुखडको प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
    मोरङ : धनपालथान गाउँपालिका–६ कदमाहा चोक नजिक रंगेली–विराटनगर सडकको बिचमा कार्टुनमा  खतरा लेखिएको अवस्थामा मंगलबार फेला परेको १ थान तथा सोही ठाउँ नजिक खेतमा फेला परेको १ थान गरी जम्मा २ थान सुतली बम प्रहरी चौकी कर्सियाको समन्वयमा नेपाली सेनाको सूर्यदल गण थलाहा ब्यारेकको टोलीले डिस्पोज गरेको छ ।
    विष्फोटक पदार्थ राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।