आगलागीबाट धनमाल क्षति

संखुवासभा/ओखलढुंगा, २० मंसिर
    संखुवासभा : धर्मदेबी नगरपालिका–७ सौरिमटोल बस्ने कुशबहादुर जिमीको घरमा मंगलबार बिजुली सर्ट भई आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाँडावर्तन समेत जलेर नष्ट भई करीव २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । ईलाका प्रहरी कार्यालय आँखीभुइँको प्रहरी र स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
    ओखलढुङगा : मोलुङ गाउँपालिका–६ बस्ने जितबहादुर तामाङको गोठ र घरमा मंगलबार आगलागी हुँदा  अन्नपात, भाँडावर्तन, लत्ताकपडा, कागजपत्र तथा काठपात जलेर करीव २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । प्रहरी चौकी श्रीचौरको प्रहरी टोली र स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
    आगलागीका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।